ड्राइभिङ्ग स्कुल संघ गण्डकी अध्यक्षमा ठकुरी
पाेखरा | मंसिर २३, २०८०
पोखरा: ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भिमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङजा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवि गुरुङ (कास्की), शुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन केन्द्रिय संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले उद्घाटन गर्दै संघले व्यवसायीको हकहितमा काम गर्दै आएको र सदस्यहरुले पनि संघको नितिनियममा रहेर व्यवसाय संचालन गर्नुपर्ने बताए
कार्यक्रममा निर्वतमान केन्द्रिय अध्यक्ष मोहनबहादुर गुरुङ, वर्तमान महासचिव उमेश सिके, केन्द्रिय सदस्य विश्वकुमार माकाजु लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सभाले कोषाध्यक्ष नवराज तिवारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
ड्राइभिङ्ग स्कुल संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरीले र संचालन सचिव वासु कोइरालाले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

